समाचार

बाघको छाला र सालकको खपेटासहित एक जना पक्राउ



पोखरा, ७ असोज । पोखरा महानगरपालिका–३१ बनपोखरीबाट बाघको छाला र सालकको खपेटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धादिङ गल्छी गाउँपालिका–४ घर भएका २८ वर्षीय सन्तोष लामिछानेलाई पोखरा महानगरपालिका–३१ बनपोखरीबाट एक थान बाघको छाला, एक थान सालकको खपेटा र करिब तीन किलो सात सय ५० ग्राम बाघको जस्तो देखिने हाड, खुट्टा तथा पञ्जासहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बरामद सामानसहित लामिछानेलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।