समाचार

आजको मौसम



काठमाडौँ, ८ असोज । हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्युन चापीय क्षेत्र रहेको र न्युन चापिय क्षेत्र उत्तर–पुर्व सर्दै गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  ।

महाशाखाका अनुसार उपत्यकासहित देशका अधिकांश स्थानमा पूर्णतया बदली भइ झरी परिरहेको छ । रातभरि पानी परेकोमा अहिले पनि देशका अधिकांश स्थानमा वर्षा जारी छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १/२ स्थानहरुमा अति भारी वर्षा भइरहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी, आज दिउँसो देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा राति पनि अति भारी वर्षाको सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।