अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ९ असोज । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सय रुपैयाँ बढेर प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९३ हजार ४ सयमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँ रुपैयाँले बढेर प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।