Banner News

थप १२०७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७१ हजार नाघ्यो



काठमाडौँ, १० असोज । थप १२ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७१ हजार ८ सय २१ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार १९ नमुना परीक्षण गर्दा  १२ सय ७ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज ११ सय ४७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५३ हजार १३ जना रहेको छ । आज ८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ६७ जना पुगेको छ ।