समाचार

१३ जुवाडे पक्राउ



दाङ, ११ असोज । दाङको तुल्सीपुरबाट जुवा खेलिरहेको १३ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङका अनुसार गोप्य सूचनाको आधारमा तुल्सीपुर उप-महानगरपालिका वडा नं.६ मा रहेकाे भ्यार थान बस्ने कुमार सुनारको घरबाट ९८ हजार ९ सय ५० रुपैयाँसहित १३ जुवाडेलाई पक्राउ गरेको हो

पक्राउ पर्नेमा दाङको तुल्सीपुर उप-महानगरपालिका वडा नं.६ का रोशन बुढाथोकी, भरत वि.क, हेमन्त शाही, सुशिल वली, कुमार सुनार, ओमबहादुर बुढामगर, प्रेमबहादुर सुनार र टंकबहादुर सुनार, घोराही उ.म.न.पा.१३ का मालबहादुर वली, केशव डाँगी र अर्जुन पुन र बाँके कोहलपुर नगरपालिकाका धर्मराज बुढाथोकी र  दीपक वली रहेको प्रहरीले जनाएको छ ।

हरीले जुवाको खालबाट ९८ हजार ९ सय ५० रुपैयाँसहित नखोलेको रातो तथा कालो रङ्गको तास ५ गड्डी र खोलेको रातो तथा कालो रङ्गको तास ३ गड्डी बरामद गरेको  छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको परह्रिले जनाएको छ ।