Banner News

थप १३५१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७४ हजार नाघ्यो



काठमाडौँ, १२ असोज । थप १३ सय ५१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या  ७४ हजार ७ सय ४५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ८० जनामा नमुना परीक्षण गर्दा १३ सय ५१ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । त्यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार ६ सय २४ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ७ सय ४१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या  ५४ हजार ६ सय ४० जना रहेको छ । आज ४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ८१ जना पुगेको छ ।