राजनीति

काठमाडौँ उपत्यकामा थप ९३४ जनामा कोरोना पुष्टि



काठमाडौँ, १३ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९३४ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ७४७, भक्तपुरमा ७३ र ललितपुरमा ११४ गरी ९३४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर थप १५ सय १३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७६ हजार २ सय ५८ जना पुगेको छ ।