Banner News

थप २७२२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८२ हजार नाघ्यो



काठमाडौँ, १६ असोज । थप २७ सय २२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ८२ हजार ४ सय ५० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १४ हजार ७ सय ४९ जनामा नमुना परीक्षण गर्दा २७ सय २२ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । त्यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ३ हजार ३ सय ७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या  ६० हजार ६ सय ९६ जना रहेको छ । आज ११ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५ सय २० जना पुगेको छ ।