काठमाडौँ, १८ असोज । भारतमा कोरोना संक्रमितको संख्या ६४ लाख ७३ हजार ५४४ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा हालसम्म १ लाख ८४२ संक्रमितको ज्यान गइसकेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा १ हजार ६९ कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक छ । भारत कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचिमा दोस्रो स्थानमा छ ।
भारतमा रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्