समाचार

बसभित्र १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार



भक्तपुर, १८ असोज । भक्तपुरमा बसभित्र १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

महानगरीय प्रहरी वृत जगातीका डिएसपी राजेश थापाका अनुसार भक्तपुर नगरपालिका–८ कालाँचामा रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा.३ ख. २६१२ नम्बरको बसमा तीन जना युवाले एक किशोरीलाई सामूहिक बलात्कार गरेका हुन् । उक्त बलात्कारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

डिएसपी थापाका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ घर भएका सुर्य श्रेष्ठ रहेका छन् । बलात्कारमा संलग्न अर्का एकजना आरोपी फरार छन् ।

आरोपीहरुले किशोरीलाई रत्नपार्कबाट भक्तपुर लगेर बलात्कार गरेका थिए । ‘लठ्याउने औषधी खुवाएर’ आफुमाथि बलात्कार गरिएको किशोरीले प्रहरीसँग बताएकी छिन् । शनिवार साँझ ४ देखि ५ बजेसम्म बलात्कारको शिकार भएकी किशोरी त्यहँबाट फुत्केर प्रहरीकहाँ पुगेकी थिईन् ।

उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।