समाचार

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु



रामेछाप, २० असोज । रामेछापमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दोरम्बाको सानो शैलुङ्गमा ट्र्याक्टर दुर्घटना हुँदा चालक दोरम्बा गाउँपालिका वडा नं ७ का २७ वर्षका पेमा लामा र ५५ वर्षका फुर्वा दोर्जे तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

काभ्रेको जिरोकिलोबाट डिजेल लिएर रामेछापको दोरम्बा गाउँपालिकाको सानो शैलुङ्गका लागि छुटेको ना ७ त ८७३ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो । दुर्घटनाको कारण खुलेको छैन । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।