काठमाडौँ, २० असोज । प्रदेश ५ को र स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ ।
प्रदेशसभामा आज भएको मतदानमा प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो । प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ ।
त्यस्तै प्रदेशको नाम ‘लुम्बिनी’ नामांकरण गर्ने प्रस्ताव पनि दुई तिहाईले पारित भएको छ । ८७ जना प्रदेश सांसदमध्ये ७९ मत पक्षमा र ४ मत बिपक्षमा प्राप्त भएको छ ।
प्रतिक्रिया दिनुहोस्