विश्व

भारतमा कोरोना संक्रमितको संख्या ६७ लाख ५४ हजार नाघ्यो



काठमाडौँ, २१ असोज । भारतमा पछिल्लो २४ घण्टामा ७२ हजार १०६ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ६७ लाख ५४ हजार १७९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ५७ लाख ४१ हजार २५३ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ८ हजार ३३५ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४ हजार ५९१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९९१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।