समाचार

ललितपुरका यी ठाउँमा विद्युत् आपूर्ति बन्द



ललितपुर, २२ असोज । ललितपुरको सुनाकोठी, नख्खिपोट, चापागाउँ, लेलेलगायतका क्षेत्रमा बुधबार दिउँसोदेखि बिजुली आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको लगनखेलमा रहेको पाटन सबस्टेशन अन्तर्गतको चापागाउँ फिडरबाट वितरण भएको लाइनमा खराबी आएकाले दक्षिण ललितपुरका धेरै ठाउँमा बिजुलीको आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

वितरण लाइनको कुन ठाउँमा खराबी आयो भन्ने यकिन नहुँदा मर्मतमा समस्या भएको छ । दिउँसोदेखि नै प्राविधिकको टोली मर्मतमा खटिए पनि समस्या पत्ता लगाउन नसक्दा कठिनाइ भएको प्राधिकरणले जनाएको छ । अहिले पनि प्राविधिकको टोलीले काम गरिरहेको छ ।