समाचार

थप एक कोरोना संक्रमित महिलाको मृत्यु



बाँके, २२ असोज । बाँकेमा थप एक ३५ वर्षीया कोरोना संक्रमित महिलाको बुधबार दिउँसो ३ बजे मृत्यु भएको छ ।

जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ती महिलाको निमोनियाका कारण मृत्यु भएको बाँकेका जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

कोरोना संक्रमण बाहेक ती महिलाको स्वास्थ्यमा त्यसअघि कुनै पनि समस्या थिएन । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा असोज १८ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको थियो ।