अर्थ

सुनको मूल्य घट्यो चाँदीको बढ्यो



काठमाडौँ, २२ असोज । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सयले घटेर प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९३ हजार ४ सय कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।