राजनीति

आज काठमाडौँका केही ठाउँमा ६ घण्टा बत्ती जाने



काठमाडौँ, २४ असोज । आज काठमाडौँका केही ठाउँमा ६ घण्टा बत्ती जाने भएको छ ।

जोरपाटी वितरण केन्द्र अन्तर्गत मूलपानी रिंगमेन लाइन र मूलपानी स्विचिङबाट सञ्चालित मूलपानी, गोठाटार, डाँछी र साँखु फिडर अन्तर्गतका लाइनमा जोडिएका रुखका हाँगाबिँगा काट्नुपर्ने भएकाले काठमाडौँका केही ठाउँमा ६ घण्टा बत्ती जाने भएको हो ।

नेपाल विद्युत प्राधिकरणका कारण मूलपानी, काँडाघारी, सनसिटी, गोठाटार, ग्रिनहिल सिटी, थली, डाँछी, भद्रवास आलापोट, गागलफेदी, इन्द्रायणी, साँखु, लप्सीफेदी, नांग्लेभारे र जरसिंहपौवा आसपासका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली आपूर्ति रोक्न लागिएको हो । तोकिएको समयभन्दा अगाडिनै काम सकिए छिट्टै विद्युत दिने पनि प्राधिकरणले जनाएको छ ।