Banner News

थप २०७१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख ७ हजार नाघ्यो



काठमाडौँ, २५ असोज । थप २ हजार ७२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख  ७ हजार ७ सय  ७५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजको १२ हजार ७ सय २७ जनामा परिक्षण गर्दा २ हजार ७२ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या   ३१ हजा ३ सय १५ सय जना रहेको छ ।

मन्त्रालयका अनुसार आज १५ सय ५२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७५ हजार ८ सय ४ जना रहेको छ । आज २२ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ६ सय ३६ जना पुगेको छ ।