एजेन्सी, २ कार्तिक । सीमा क्षेत्र वास्तविक नियन्त्रण रेखा (एलएसी) मा शान्ति तथा स्थिरता नराम्रोसँग बिग्रिएको र त्यसको प्रभाव भारत–चीनको सम्बन्धमा परेको भारतीय विदेश मन्त्री एस जयशंकरले बताएका छन् ।
भारत र चीनबीच पूर्व लद्दाखमा विगत पाँच महिनादेखि सीमा क्षेत्रलाई लिएर तनाव जारी रहेका बेला जयशंकरले यस्तो बताएका हुन् । सीमा क्षेत्रमा दुई देशले ५० हजार भन्दा बढी सैनिक तैनाथ गरेका छन् ।
भारतीय विदेश मन्त्री एस जयशंकरले शनिबार आफ्नो किताब ‘द इन्डिया वे’ को प्रमोशनका लागि भएको एक वेबिनारको क्रममा भारत–चीन सम्बन्धबारे धेरै महत्वपूर्ण कुरा गरेका हुन् । भारत र चीनबिचको सम्बन्ध सुरुदेखि नै निकै कठिन रहेको उनले बताए ।










प्रतिक्रिया दिनुहोस्