विश्व

भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख नाघ्यो



काठमाडौँ, ३ कार्तिक । भारतमा पछिल्लो २४ घण्टामा ५५ हजार ३५ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७५ लाख ४७ हजार ७६२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६६ लाख ५८ हजार ९३७ जना संक्रमणमुक्त भएका छन् । ७ लाख ७४ हजार १९६ जनाको उपचार भइरहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५६५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १४ हजार ६२९ पुगेको छ ।