समाचार

खैरौ हेरोइनसहित दाजुभाइ पक्राउ



राजविराज, ३ कार्तिक । लागूऔषध खैरौ हेरोइनसहित दाजुभाइलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार तिलाठी कोइलाडी गाउँपालिका–७ का २७ वर्षीय भरत शर्मा र उनका भाइ १९ वर्षीय निरज शर्मालाई शनिबार पक्राउ गरेको जनाएको छ ।

निरजले चलाएको स. ७ प १८६५ नम्बरको मोटरसाइकल इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीबाट खटेको प्रहरी टोलीले रोकेर जाँच गर्ने क्रममा पछाडि सवार भरतले लगाएको पेण्ट्सको गोजीमा लुकाएर राखेको अवस्थामा ५० ग्राम ब्राउन सुगर र १० ग्रामको दरले बनाएको ५ पोका खैरो हेरोइन बरामद गरेको हो ।