राजनीति

काठमाडौँ उपत्यकामा थप १७०२ जनामा कोरोना पुष्टि



काठमाडौँ, ४ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १७०२ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १४३१, भक्तपुरमा १४८  र ललितपुर १२३ गरी १७०२ जनामा संक्रमण पुष्टि भएको हो ।

थप ३ हजार ९३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख  ३९ हजार १ सय २९ जना पुगेको छ ।