राजनीति

राष्ट्रपति भण्डारीद्वारा दुई महिनाको तलब र दशैं खर्च कोरोना कोषमा



काठमाडौँ, ५ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दुई महिनाको तलब र दशैं खर्च कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा गर्नुभएको छ ।

उहाँले दशैं खर्च भनेर आउने सम्पूर्ण रकम र दुई महिनाको पारिश्रमिक कोषमा जम्मा गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तीमा राष्ट्रपति भण्डारीले सरकारले स्थापना गरेको कोरोना कोषमा दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चबापतको रकम जम्मा गरेको जानकारी गराइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्रीहरुले पनि दशैं भत्ताबापतको खर्च कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिसक्नु भएको छ । प्रधानमन्त्रीले त कोरोना अवधि भरको आफ्नो पारिश्रमिक कोषलाई नै उपलब्ध गराउदै आउनु भएको छ । त्यस्तै प्रदेश सरकारका प्रतिनिधिले पनि दशैं खर्च नलिने बताईसक्नु भएको छ ।