मोरङ, ६ कार्तिक । तीन जना युवती सवार रहेको स्कुटर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
बुधबार राति उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ३२ प ५६३७ नम्बरको स्कुटर मोरङको बेलबारी नगरपालिका–४ स्थित भित्री सडक खण्डमा अनियन्त्रित भएर दुर्घटना थियो ।
दुर्घटनामा घाइते भएका दुई युवती मध्ये एकको विराटनगरको नोबेल शिक्षण अस्पताल र एकको सामुदायिक अस्पताल विराटचोकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक बेलबारी–४ की १९ वर्षीया समीक्षा राईको मृत्यु भएको छ भने स्कुटरमा सवार १८ वर्षीया अनुपमा राई र १६ वर्षीया सुमित्रा राई घाइते भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्