समाचार

प्रहरी भन्दै मोबाइल तथा नगद लिने दुई जना पक्राउ



जनकपुरधाम, ७ कार्तिक । प्रहरी भन्दै सर्वसाधारणसँग बलजफ्ती मोबाइल तथा नगद लिने दुई जनालाई महोत्तरीबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको मनरासिस्वा नगरपालिका २ बस्ने ३६ वर्षीय प्रकाश कुमार सिंह र धनुषाको जनकपुरधाम उप महानगरपालिका ४ बस्ने ३७ वर्षीय सन्दीप कुमार राउत छन् ।

प्रदेश २ को प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको बताउँदै मटिहानी नगरपालिका ८ का सर्वसाधारणसँग मोबाइल र नगद ५ हजार लिएको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ ।