एजेन्सी, ११ कार्तिक । बेल्जियममा कोरोना संक्रमण बढेसँगै चिकित्सकहरुमा पनि संक्रमण देखिन थाले पछि त्यहाँका संक्रमित चिकित्सकलाई पनि काम भने नियमित रुपमा गर्न भनिएको छ ।
कोरोना भाइरसबाट सङ्क्रमित हुने र अस्पताल भर्ना हुने बिरामीको सङख्या बढिरहेका बेला बेल्जियमको लियज सहरका चिकित्सकहरूलाई उनीहरू आफैँ सङ्क्रमित भए पनि काममा लाग्न आग्रह गरिएको हो ।
बिबिसीका अनुसार उक्त सहरका करिब एक चौथाइ स्वास्थ्यकर्मीहरू कोभिड— १९ का कारण बिरामी भएका छन् । त्यहाँ अहिले १० वटा अस्पतालहरूले कोरोना भाइरसबाट सङ्क्रमित तर लक्षण नभएका चिकित्सकहरूलाई काम गरिरहन अनुरोध गरेका छन् ।
बेल्जियमको चिकित्सक सङ्घका प्रमुखले पनि अस्पतालको प्रणालीलाई जोगाइराख्न सङ्क्रमित चिकित्सकलाई बोलाउनुको विकल्प नभएको बताए । त्यहाँ कोरोनाको दोस्रो लहर आउने समेत बताइएको छ । डा। फिलिप डेभोसले चिकित्सकबाटै बिरामीमा भाइरस सर्ने अकाट्य खतरा रहेको स्वीकार भन्दै संक्रमित चिकित्सकलाइ काममा खाटाउन नहुने धारणा राखे ।










प्रतिक्रिया दिनुहोस्