काठमाडौँ, ११ कार्तिक । थप ५ सय ७० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ६० हजार ४ सय जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार ६ सय ८१ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ३१ सय ६८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख १८ हजार ८ सय ४३ जना रहेको छ । आज १४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ८ सय ७६ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्