राजनीति

पत्रकार रवि लामिछानेलाई कोरोना संक्रमण



काठमाडौँ, १३ कार्तिक । न्युज २४ नेपाल टेलिभिजनबाट प्रशारित सिधा कुरा जनतासँगका कार्यक्रम प्रस्तोता रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण भएको छ ।

गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमण देखिएको लामिछानेले उल्लेख गरेका छन् ।

यसको जानकारी लामिछाने आफैंले सामाजिक सन्जालमार्फत् दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’