राजनीति

काठमाडौँ उपत्यकामा थप १६१५ जनामा कोरोना पुष्टि



काठमाडौँ, १३ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप  १६१५ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार जसमध्ये ७०४ महिला र ९११ पुरुष रहेका छन् । काठमाडौँमा मात्र हालसम्म १६ हजार ५२१ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २०९ जनाको मृत्यु भएको छ ।

त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार ७५ जना सक्रिय संक्रमित रहेका छन् भने ६१ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई हजार ४७० सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ५८ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौँमा २० हजार ५०१ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार ७१९ र ललितपुरमा दुई हजार ३६३ जना होम आइसोलेसनमा रहेका छन् ।