काठमाडौँ, १३ कार्तिक । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट एक महिनामा २ हजार ५ सयभन्दा धेरैले अनलाइन सेवा लिएका छन् । महाशाखाले अघिल्लो महिनाबाट अनलाइन सेवा सञ्चालन गरेको हो । घरबाटै सेवा लिन सेवाग्राही अभ्यस्त हुन थालेका र एक महिनामा दुई हजार ५ सयभन्दा धेरै सेवा प्राप्त गरिसकेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हराएको लाइसेन्स, बिलबुक र अनुमतिको लागि धेरै दिन लगाएर सेवाग्राहीले ट्राफिक प्रहरी कार्यालयबाट सेवा लिने गरेका थिए । दैनिक झण्डै दुई सय सेवाग्राहीले महाशाखामा हराएको सिफारिसको लागि आवेदन दिने गरेकोमा अहिलेसम्म अनलाइनमार्फत एक हजार ३ सय ८४ जनाले लाइसेन्स, एक हजार ६९ जनाले बिलबुक र ४७ जनाले परमिट हराएको भनेर अनलाइनमार्फत निवेदन दर्ता गराएका छन् ।
त्यसमध्ये एक हजार ७ सय १० जनालाई अनलाइनबाटै सिफारिस दिइएको र वाग्मती प्रदेशबाहेक अन्य प्रदेशमा दर्ता भएका तथा पूर्ण विवरण नभरेको, दोहोरो निवेदन दिएका ७ सय ९० निवेदन फिर्ता गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्