काठमाडौँ, १३ कार्तिक । कोरोनाबाट देशभर थप १७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको मृत्यु भएको हो । योसंगै नेपालमा मृत्यु हुनेको संख्या ९ सय ४ जना पुगेको छ ।
त्यस्तै थप २३ सय ६४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ जना पुगेको छ । नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय ५२ सय जना रहेको छ ।
आज ३ हजार ३८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख २४ हजार ८ सय ६२ जना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्