राजनीति

प्रधानमन्त्रीद्वारा सांसद केसीको निधनप्रति दुःख व्यक्त



काठमाडौँ, १८ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस नेता तथा प्रतिनिधि सभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति दुख व्यक्त गरेका छन ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका छन, ‘संघीय प्रतिनिधि सभाका सदस्य माननीय सूर्यबहादुर केसीको हिजो राति १०:३० बजे पोखरास्थित आफ्नै निवासमा निधन भएको खबरले दुस्ख लागेको छ’, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समबेदना व्यक्त गर्दछु ।’

केही समयदेखि मधुमेह तथा उच्च रक्तचापको समस्या रहेका केसीको ६३ वर्षको उमेरमा सोमबार राति निजी निवासमा निधन भएको हो । तीन वर्षअघि प्रतिनिसभा निर्वाचनका समयमा उहाँ नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो । केसीले तत्कालीन पोखरा नगरपञ्चायतको प्रधानपञ्चको जिम्मेवारी पनि निभाएका थिए ।