काठमाडौँ, १९ कार्तिक । प्रतिनिधिसभाका पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महराको श्रीमती सीता महराको असमायीक निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भन्नुभएको छ, ‘प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दुस्ख लागेको छ । म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै पूर्वसभामुख महराजी सहित संपूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
गएको दशैंमा पुख्र्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित हुनुहुन्थयो।
नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उहाँमा कोरोना पोजेटिभसमेत देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार आज बिहान ६ः२५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्