काठमाडौँ, १९ कार्तिक । देशभर कोरोना संक्रमित प्रहरीको संख्या ६ हजार एक सय ८६ जना पुगेको छ ।
जसमध्ये पाँच हजार दुई सय ७० जना डिस्चार्ज भइसकेको छ भने देशभर ९ सय १६ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।
सक्रिय संक्रमितमा प्रहरी प्रधान कार्यालयकै १९२ जना र उपत्यकाका १९० जना छन् । यस्तै प्रदेश १ का १०३, प्रदेश २ का १३ जना, वाग्मती प्रदेशका ७१ जना, गण्डकी प्रदेशका १६० जना, लुम्बिनी प्रदेशका १०८ जना, कर्णाली प्रदेशका ३८ जना र सुदूरपश्चिम प्रदेशका ४१ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।










प्रतिक्रिया दिनुहोस्