समाचार

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु



तानसेन, २१ कार्तिक । पाल्पा जिल्लामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

रम्भा गाउँपालिका–४ रक्सामा लु ३ त ९८१२ नम्बरको ट्याक्टरले ठक्कर दिँदा माथागढी गाउँपालिका–४ ज्यामिरेका ६६ वर्षीय टीकाबहादुर जिसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ट्याक्टर र ट्याक्टर चालक माथागढी गाउँपालिका–३ का २४ वर्षीय बिराज बिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।