Banner News

प्रचण्डले बोलाएको सचिवालय बैठक गुट भेलामै सिमित



काठमाडौं, २१ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले बोलाउनु भएको आफू निकट सचिवालय सदस्यहरूको अनौपचारिक बैठक गुट भेलामा नै सिमित हुन पुगेको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्दै बोलाउनु भएको सचिवालयको अनौपचारिक बैठकमा दिनहुँजसो खुमलटारको गुट भेलामा सहभागी हुने नेताहरु नै सहभागी हुनुभएको छ । बैठकमा बरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी हुनुभएको छ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्रीकेपी शर्मा ओलीसहित रामबहादुर थापा, इश्वर पोखरेल र महासचिव बिष्णु पौडेल सहभागी हुनुभएको छैन ।

प्रधानमन्त्रीसहित चार नेता सहभागी नभएपछि प्रचण्डले बोलाउनु भएको सचिवालयको अनौपचारिक बैठक गुट भेलामा सिमित भएको हो ।अध्यक्ष प्रचण्डले महासचिव बिष्णु पौडेललाई बाइपास गरी आफ्ना नीजि प्रवक्ताका रुपमा काम गरिरहनु भएका सचिवालय सदस्य श्रेष्ठले आजको अनौपचारिक बैठकबारे जानकारी गराउनु भएको थियो ।