Banner News

थप २७५३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख ९१ हजार नाघ्यो



काठमाडौँ, २२ कार्तिक । थप २७ सय ५३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३५ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २२ सय ६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ५५ हजार १ सय २१४ जना रहेको छ । आज १७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १ हजार ८७ जना पुगेको छ ।