नुवाकोट, २५ कार्तिक । नुवाकोटको शिवपुरी गाउँपालिकाले कोरोना सङ्क्रमणको समयमा गाउँपालिकाबाट सार्वजनिक सेवा प्रवाह गर्दा सङ्क्रमणकालीन मापदण्ड पालना गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ ।
गाउँपालिकाको कार्यालयमा प्रवेश गर्दा कसैलाई पनि कोरोना सङ्क्रमण नहोस् भन्नका लागि गाउँपालिकाले मापदण्डै बनाई कार्यान्वयमा ल्याएको हो । पालिकामा प्रवेश गर्दा पालिकाको प्रमुख द्वारमा साबुन, पानी र स्यानिटाइजरको व्यवस्था गरिएकाले सबैले अनिवार्य रूपमा साबुन पानी वा स्यानिटाइजरले हात धुनुपर्ने नियमलाई कार्यान्वयमा ल्याइएको छ ।
गाउँपालिकाको कार्यालयको सोधपुछ तथा सहायता कक्षमा जानुअिघ सेवाग्राहीको शरिरको तापक्रम परिक्षण गर्नुपर्ने, सेवाग्राहीको पूर्ण विवरण सहित आगन्तुक पुस्तिकामा उल्लेख गर्ने, सेवा प्रवाहका लागि प्रमुख प्रवेशद्धार अगाडि दुईवटा सहायता कक्षको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्