समाचार

सूर्यविनायक नगरपालिकामा स्वघोषणाको आधारमा स्वाव परिक्षण



भक्तपुर, २५ कार्तिक । सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले कोरोना विरुद्धको लडाईलाई नगरपालिकाले आउँदा दिनमा पनि जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सो कुरा स्वास्थ्यकर्मीहरुसंग आज नगरपालिकामा आयोजित कार्यक्रममा उहाँले व्यक्त गर्नु भएको हो ।
नगरपालिकामा आयोजित कार्यक्रममा कोरोनासम्बन्धी नगरपालिकामा हालसम्मको अवस्था र रोकथाम र नियन्त्रणका लागि आगामी दिनमा कस्तो रणनीति बनाएर अघि बढ्ने भन्ने विषयमा छलफल भएको थियो ।

यस अघि नगरपालिकाले कारोना रोगथाम र नियन्त्रणका लागि नगरपालिकाको स्वास्थ्य प्रमुखको संयोजकत्वमा टिम नै बनाएर स्वाब प्ररिक्षण गरिदै आएको थियो ।
यस अघि नगरपालिका भित्रका सबै वडाहरुमा सो टोलीले स्पोटमा नै गएर स्वाब परिक्षण गर्दै आएको थियो । नगरपालिकाका मेयर बासुदेव थापाको अध्यक्षतामा भएको सो छलफल कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय जनस्वाथ्य प्रयोगशालाका निर्देशक डा लुना झा लगायतको उपस्थिति रहेको थियो ।

नगरपालिकाका वडाअध्यक्षहरुको उपस्थितिमा भएको सो छलफल कार्यक्रममा आगामी दिनमा शंकास्पद सक्रमितहरुको स्वाव परिक्षण कार्य सम्बन्धित व्यक्तिको स्वघोषणामा नगरपालिकाले पुन अघि बढाउने भएको छ । नगरपालिकामा अहिलेसम्म कोरोना सक्रमितको संख्या २०१४ र निको भएको संख्या १४५३ जना रहेका छन् ।