समाचार

आजको मौसम



काठमाडौँ, २६ कार्तिक । अहिले देशको पहाडी भेगमा सामान्य बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका धेरैजसो ठाउँको मौसम सामान्यतया सफा नै रहनेछ ।

महाशाखाका अनुसार बादल हटेर दिउँसो घाम लाग्ने सम्भावना रहेको छ । पानी पार्ने कुनै पनि मौसमी प्रणाली नभएकाले अबको केही दिन देशभरको मौसम सामान्यतया सफा नै छ ।

त्यस्तै काठमाडौँ उपत्यकाको आज बिहान ६ बजेको तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ ।