समाचार

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु



दाङ, २६ कार्तिक । दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका वडा नं ४ मौरीघाटमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मंगलबार राति ८ बजेतिर उक्त दुर्घटना भएको र मृतक तीनै जनाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको साथै उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।