काठमाडौँ, २६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनताद्वारा निर्वाचित प्रधानमन्त्री भएकाले निडर भएर अघि बढ्ने दृढता व्यक्त गर्नुभएको छ ।
पार्टी भित्रको अन्तरद्धन्द उत्कर्षमा पुगेका संखुवासभामा किमाथांका र अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमनका लागि पुग्नुभएका प्रधानमन्त्री ओलीले आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफु पार्टी अध्यक्ष र जनताद्वारा निर्वाचित प्रधानमन्त्री भएकाले नडराउने स्पष्ट पार्नुभयो ।
पार्टी कार्यकर्ताहरुलाई नआत्तिकन अघि बढ्न पनि आग्रह गर्दै प्रधानमन्त्री ओलीले आफु रहरले नभई जनताले जिताएर अध्यक्ष बनाएको दाबी गर्नुभयो । आफ्नो दल ५० बर्ष अगाडिदेखि सानासाना टुक्राटुक्रा जोडेर निर्माण गरिएको हुदाँ कोही कसैको चाहनाले नेकपा केही नहुने भएकाले नडराई नधकाई काम गर्न कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो ।
मंगलबार मात्र पार्टी कार्यालय धुम्बाराहीमा अर्का अध्यक्ष पुष्कमल दाहालको अग्रसरतामा पाँच जना सचिवालय सदस्यहरुको गुटको भेला बसेको थियो ।










प्रतिक्रिया दिनुहोस्