राजनीति

सभापति देउवाद्वारा दुःख व्यक्त



काठमाडौँ, २७ कार्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व सांसद तथा पूर्व राज्यमन्त्री ओमकारप्रसाद गौचनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

‘स्वर्गीय गौचनले राजनीतिका साथै विकास र सामाजिक क्षेत्रमा पु¥याउनु भएको सक्रिय योगदान सदा स्मरणीय रहिरहनेछ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत जारी शोक वक्तव्यमा देउवाको भनाइ छ ।

देउवाले गौचनको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन् ।

८५ वर्षीय ओमकारप्रसाद गौचनको हिजो बिहान ४ः३० बजे काठमाडौँमा उपचारका क्रममा निधन भएको थियो । उनी २०४८ सालमा बाग्लुङ निर्वाचन क्षेत्र नं. ३ बाट सांसद पदमा निर्वाचित भएका थिए ।