काठमाडौँ, २८ कार्तिक । अहिले प्रदेश एक र गण्डकी प्रदेशका उच्च पहाडी भेगमा आंशिक बद्ली रहेर बाँकी ठाउँमा सामान्यतः मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो पनि प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको छ ।
राति देशका सबैजसो पहाडी भेगमा सामान्य खालको बादल लाग्ने सम्भावना रहेको र भोलिरपर्सिको मौसम पनि सामान्यतया यस्तै नै रहने महाशाखाले जनाएको छ ।
यसैबीच काठमाडौँ उपत्यकाको आज बिहानको तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्