राजनीति

डा. केसीलाई कोरोना संक्रमण



काठमाडौँ, २९ कार्तिक । डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको छ ।

बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ केलीले कोरोना परीक्षण गराउनुभएको थियो ।

पिसिआर परीक्षण गर्दा उहाँको शुक्रबार रिपोर्ट पोजेटिभ आएको डा केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिनुभयो । उहाँलाई श्वासप्रश्वासमा समेत समस्या भएको बताइएको छ ।