काठमाडौँ, २८ कार्तिक । थप १९ सय ४६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ४ सय ५२ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज २५ सय ३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ७० हजार ६ सय ३२ जना रहेको छ । आज १३ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १२ सय १५ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्