काठमाडौँ, ३० कार्तिक । थप १४ सय ७७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार १ सय २५ जना रहेको छ । मन्त्रालयका अनुसार आज २७ सय ९८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ७३ हजार ४ सय ३० जना रहेको छ । आज ६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १२ सय २१ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्