काठमाडौँ, ३० कार्तिक । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको जनतालाई झुक्याउन र अनावश्यक मिडियाबाजी गरी प्रचारमा आउने घृणीत कार्यको पर्दाफास भएको छ ।
सरकारको खवरदारी गर्नु प्रतिपक्षको धर्म नै हो । जसले गर्दा सरकार सही बाटोमा हिडोस् । तर खबरदारी गर्दा आफु कुन बाटोमा हिडिरहेको छु भन्ने सोच्नु जरुरी हुन्छ । सरकारको कटु आलोचक तथा आफु खुब विद्वान ठान्ने डा. भट्टराईको पछिल्लो अभिव्यक्तिले आफुले आफैलाई गिज्याएको छ । सांसद तथा कर्मचारीले पाउने दशैं भक्ता कोरोना कोषमा जम्मा गर्नुपर्ने आवाज बुलन्द गर्नुभएका डा. भट्टराई र यादवले भने हालसम्म आफुले पाएको दशैं भत्ता कोषमा जम्मा नगरेको तथ्य सार्वजनिक भएको छ ।
डा. भट्टराईले कोरोना कोषमा दसैं भत्ता लगायत कुनै पनि रकम जम्मा नगरेको रहस्य खुलेको हो । सरकारको विगतको निर्णयअनुसार संघीय संसद सचिवालयले दशैं भत्ता वितरण गरेपछि त्यसको सबैभन्दा चर्को विरोध जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष भट्टराईले गर्नुभयो । तर, संसद सचिवालयले उपलब्ध गराएको विवरणमा उहाँले दशैं भत्ता होइन् कोरोना कोषमा कुनै पनि रकम जम्मा नगरेको पोल खुलेको छ ।
सांसदहरूले दशैं भत्ता फिर्ता गर्ने एकल निर्णय सार्वजनिक गरिरहेका बेला भट्टराईले भने आफुले बोलेको एकातिर गरेको अर्कै तिर भएपछि आफुले आफैलाई कुरीकुरी भएको छ । डा. भट्टराई जनताको नजरमा सरकारको कटु आलोचक हुने र आफुले बोलेको कुरा आफैमा लागु नगर्नु जनताको नजरमा समेत कुरीकुरी भएको छ । उहाँले पर्वमुखी सबै भत्ता खारेज गर्नुपर्ने भनेर सामाजिक सञ्जाल ट्विटरमा लेखेपनि न त आफूले प्राप्त गरेको दसैं भत्ता फिर्ता गर्नुभएको छ न त्यसअघि कोरोना कोषमा कुनै रकम राख्नु भएको छ ।
अन्य दलले दशैं भत्ता र कोरोना कोषमा आफ्नो पारिश्रमिक भने राखेका छन् । त्यसबेला समाजवादीका सांसद प्रदीप यादवले भने एक महिनाको पारिश्रमिक सरकारले स्थापना गरेको कोषमा जम्मा गर्नुभएको थियो । राप्रपाका सांसद राजेन्द्र लिङ्देनले पनि कोरोना कोषमा दशैं भत्ता र पारिश्रमिकबाट कुनै रकम राख्नु भएको छैन ।
संसद सचिवालयले दिएको जानकारीअनुसार नेकपाले एक करोड २४ लाख १३ हजार ८६४ रुपैयाँ, नेपाली कांग्रेसले ४३ लाख ५ हजार ९३६ रुपैयाँ सांसदहरूले दसैं भत्ताबापत प्राप्त गरेको रकम कोरोना कोषमा राखेका हुन् । जसपाका सांसदहरूले भने दशैं भत्ताबापत साढे २२ लाख रुपैयाँ प्राप्त गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्