स्याङ्जा, १ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने बताउनुभएको छ ।
स्याङ्जाका पत्रकारहरूसँगको भेटघाटमा मन्त्री अर्यालले जीवन्त पार्टीमा छलफल बहस स्वभाविक भएको भन्दै छलफल बहस पार्टीको नियन्त्रणमा नै रहेको स्पष्ट पार्नुभयो । मन्त्री अर्यालले अहिलेको नेकपा तथा कांग्रेस दुवै पार्टीले फुटको स्वाद चाखेर आएको स्मरण गराउँदै अब त्यस्तो हुनै नसक्ने स्पष्ट पार्नुभएको हो ।
दुई पार्टीका फरक–फरक विचार एक ठाँउमा आएको कारण यस्तो अवस्था आएको उहाँको भनाइ छ । पार्टी फुट्ने कल्पनासमेत गर्न नसकिने मन्त्री अर्यालको निष्कर्ष छ । उहाँले भन्नुभयो, ‘अहिलेको नेकपाको विवाद नीतिगत होइन, कार्यशैलीगत हो । मन्त्री अर्यालले भन्नुभयो, ‘ढुक्क हुनुहोस्, नेकपा कुनै पनि हालतमा फुट्दैन ।’










प्रतिक्रिया दिनुहोस्