राजनीति

धादिङमा कांग्रेस, राप्रपालगायतका दर्जनौं कार्यकर्ता नेकपामा प्रवेश



धादिङ, १ मङ्सिर । नेपालीहरुको महान् चाड दिपावली, नेपाल संवत् तथा छठको रौनक चलिरहेको समयसँगै पार्टी प्रवेश गर्नेको पनि लर्को लागिरहेको छ ।

जिल्लाको नेकपा खनियावास गाउँपालिका कमिटीद्वारा आयोजित दशैं, तिहार, छठ, नेपाल संवत् लगायतका पर्वहरुको असरमा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राप्रपालगायतका दर्जनौं कार्यकर्ता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

नेकपा खनियाबास गाँउपालिका कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ७१ जना भन्दा बढी नेकपा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्ने नवप्रवेशीहरुलाई नेकपाका केन्द्रीय सदस्य, धादिङ जिल्ला क्षेत्र न. २ का संघिय सांसद खेम लोहनीद्वारा स्वागत गरिएको छ ।

कार्यक्रममा नवप्रवेशीहरुले मुलुकको विकास र समृद्धिको यात्राको नेतृत्व गर्न सक्ने नेकपाले मात्र भएकाले आगामी सँगै सहयात्राको लागि नेकपामा प्रवेश गरेको उल्लेख गरे । कांग्रेसले जनताको काम गर्ने भन्दा पनि व्यक्तिगत स्वार्थ तथा भ्रष्टाचारमा चुर्लुम्म डुवेको उल्लेख गर्दै नवप्रवेशीले भ्रष्टाचार, वेथिती, अनियमिततालागतका कार्यमा सरकासँग आगामी दिनमा काँधमा काँध मिलाई समृद्ध नेपाल : सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउन जिम्मेवारीपूर्वक अगाडी वढ्ने दृढता व्यक्त गरे ।